kumari
stcnepal

महिला क्रिकेट मलेशियालाई हराउँदै नेपालले जित्यो टी-ट्वान्टी शृंखला

काठमाडौं । महिला टीट्वान्टी क्रिकेट शृंखलाको निर्णायक खेलमा नेपाली टोली विजयी भएको छ । शृंखलाको पाँचौं तथा अन्तिम खेलमा आइतबार नेपालले मलेसियालाई तीन विकेटले पराजित ग¥यो । जित सँगै भ्रमणकारी टोली नेपालले पाँच खेलको शृंखला पनि ३—२ ले जित्यो । अन्तिम खेलअघि शृंखला २—२ को बराबरीमा थियो । अन्तिम खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली नेपालले भने १९.२ ओभरमा सात विकेट गुमाएर एक सय १० रन बनाउँदै विजयलक्ष्य पूरा ग¥यो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि ओपनर सीता रानामगरले ३४ रनको योगदान गरिन् । उनले केवल ३७ बलको सामना गरी ६ वटा चौका पनि प्रहार गरिन् । अर्की ओपनर कविता कुँवर चार रनमा आउट भइन् । तेस्रो नम्बरकी ब्याट्सउमन ईन्दू बर्मा पाँच र चौथो नम्बरमा क्रिज समाल्न आएकी सम्झना खड्का शून्य रनमै पेभेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो । त्यसपछि पाँचौं नम्बरमा क्रिज समाल्न आएकी कप्तान रुबिना क्षेत्री बेल्बासीले नेपालका पाली समाल्ने प्रयास गरेकी थिइन् । उनले ३० बलको सामना गरी तीन चौकाको मद्दतले २३ रन बनाइन् ।

नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । मलेसियाका बलर आइना हमिजाहले दुई तथा माहिरा इजाती, विनिफ्रेड, आसिया एलिसा र नुर दानियाले एक/एक विकेट लिए ।

footer