kumari
stcnepal

साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा, को-को परे नाम सहित

काठमाडौं । भारतको बेङ्ग्लुरुमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली अन्तिम टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बिहीबार क्षेत्रीय फुटबल च्याम्पियनसिपका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका हुन् ।

च्याम्पियनसिपकामा नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । नेपालले असार ६ गते कुवेतसँग खेल्नेछ भने असार ९ गते भारतसँग खेल्नेछ । त्यस्तै नेपालले समूहको अन्तिम खेल जुन १२ गते पाकिस्तान सँग खेल्नेछ । च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले जुन जेठ ३२ गते फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द , सिमान्त थापा ९

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट ९, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

footer