काठमाडौं। आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावे विरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
जिम्बावेले टस जितेर बलिङ गरेको पहिले ब्याटिङ गरेका ओपनर कुशलले ६३ बलमा ८ चौका प्रहार गर्दै ५० रन बनाएर क्रिजमा छन् । उनको ओडिआई करिअरको छैटौं अर्धशतक हो ।