kumari
stcnepal

आज नेपालले वेष्ट इन्डिज सँग खेल्ने

काठमाडौं । नेपालले आज विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न प्रतिस्पर्धा गर्ने भएको छ ।

आइसिसी विश्वकप छनोट २०२३ को तेस्रो खेल अन्तर्गत नेपालले आज पहिलो पटक विश्वकप क्रिकेट बिजेता वेस्ट इन्डिजसँग खेल्न लनगेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई हराएको थियो । ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् ।

footer