kumari
stcnepal

आईसीसी विश्व कप : नेपालले दियो नेदरल्याण्डलाई १ सय ६८ रनको झिनो लक्ष्य

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको फितलो लक्ष्य दिएको छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १६७ रन बनाउँदै अलआउट भयो । नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३३ रनको योगदान दिए । अन्तिम विकेटको रुपमा आउट भएका सन्दीपले ३३ बलमा ४ चौका सहित २७ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

footer