kumari
stcnepal

सुन तस्करी प्रकरणमा थप एक कर्मचारी निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सारका थप एक जना कर्मचारी निलम्बित भएका छन् । भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् ।

यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् ।यसअघि भन्सार अधिकृत सन्तोष चन्द सहित दुई जना निलम्बनमा परिसकेका छन् । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडान मार्फत काठमाडौं आएको थियो । यो प्रकरणमा एक भारतीय नागरिक सहित केही व्यक्ति जना पक्राउ परेका छन् ।

footer