विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुन तस्करी प्रकरणमा थप एक कर्मचारी निलम्बित

793
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १०० किलो बढीको सुन बरामद प्रकरणमा भन्सारका थप एक जना कर्मचारी निलम्बित भएका छन् । भन्सार विभागको शुक्रबार बेलुकाको निर्णयबाट एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् ।

यो प्रकरणमा निलम्बनमा पर्ने श्रेष्ठ तेस्रो कर्मचारी हुन् ।यसअघि भन्सार अधिकृत सन्तोष चन्द सहित दुई जना निलम्बनमा परिसकेका छन् । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडान मार्फत काठमाडौं आएको थियो । यो प्रकरणमा एक भारतीय नागरिक सहित केही व्यक्ति जना पक्राउ परेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports