kumari
stcnepal

प्रिमियर लिग सुरु हुनुअघि प्रि सिजन टुरमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई पराजित गर्यो

काठमाडौं । प्रिमियर लिग सुरु हुनुअघि प्रि सिजन टुरमा अमेरिकामा खेलिएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । न्यु जर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले पहिलो हाफमा गरेको गोल मद्दतमा युनाइटेडले आर्सनललाई २-० ले पराजित गरेको हो ।

उक्त खेल हेर्नका लागि कीर्तिमानी ८२ हजार २६२ दर्शक उपस्थित थिए । युनाइटेडको आधिकारिक कप्तान नियुक्त भएपछिको पहिलो खेलमा ब्रुनो फर्नान्डेजले ३०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३७ औं मिनेटमा जाडोन सान्चोले युनाइटेडका लागि अर्को गोल गरे ।

खेल सकिएपछि दुवै टोलीले अभ्यासका लागि भन्दै पेनाल्टी सुटआउट प्रहार गरेका थिए । त्यसमा पनि युनाइटेड ५-३ ले विजयी भयो । आर्सनलका फाबियो भिएराको प्रहार पोष्ट माथिबाट बाहिरियो । युनाइटेडका लागि कासेमिरो, डिएगो डालोट, भिक्टो लिन्डोफ, मार्कुस रासफोर्ड र क्रिस्टिन एरिक्सनले पेनाल्टीमा गोल गरे । आर्सनलका मार्टिन ओडेगार्ड, लिएन्ड्रो ट्रोसार्ड र जर्गिन्होले पेनाल्टीमा गोल गरे ।

footer