विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिमियर लिग सुरु हुनुअघि प्रि सिजन टुरमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई पराजित गर्यो

611
shares

काठमाडौं । प्रिमियर लिग सुरु हुनुअघि प्रि सिजन टुरमा अमेरिकामा खेलिएको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । न्यु जर्सी स्थित मेटलाइफ स्टेडियममा भएको खेलमा ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले पहिलो हाफमा गरेको गोल मद्दतमा युनाइटेडले आर्सनललाई २-० ले पराजित गरेको हो ।

उक्त खेल हेर्नका लागि कीर्तिमानी ८२ हजार २६२ दर्शक उपस्थित थिए । युनाइटेडको आधिकारिक कप्तान नियुक्त भएपछिको पहिलो खेलमा ब्रुनो फर्नान्डेजले ३०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३७ औं मिनेटमा जाडोन सान्चोले युनाइटेडका लागि अर्को गोल गरे ।

खेल सकिएपछि दुवै टोलीले अभ्यासका लागि भन्दै पेनाल्टी सुटआउट प्रहार गरेका थिए । त्यसमा पनि युनाइटेड ५-३ ले विजयी भयो । आर्सनलका फाबियो भिएराको प्रहार पोष्ट माथिबाट बाहिरियो । युनाइटेडका लागि कासेमिरो, डिएगो डालोट, भिक्टो लिन्डोफ, मार्कुस रासफोर्ड र क्रिस्टिन एरिक्सनले पेनाल्टीमा गोल गरे । आर्सनलका मार्टिन ओडेगार्ड, लिएन्ड्रो ट्रोसार्ड र जर्गिन्होले पेनाल्टीमा गोल गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports