kumari
stcnepal

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास घोषणा गरे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा संन्यास लिने घोषणा गरेका हुन् ।

२०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए । कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान नियुक्त गरेको थियो । तर उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटाएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएपछि क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो।

पछिल्लो पटक उनले आइसिसी एकदिवसीय छनोटमा आयरल्यान्ड विरूद्ध खेलेका थिए। जिम्बावेको हरारेमा भएको खेलमा उनी ७ रनमा आउट भएका थिए । कप्तानबाट हटेपछि उनले २ वर्ष राष्ट्रिय टिमबाट खेलेछन् । ज्ञानेन्द्र सन् २००५ मा नेपालको यू–१५ टिममा परेका थिए । त्यही वर्ष उनी नेपालको यू–१७ र यू–१९ टिममा मात्र परेनन् सिनियर टिममा समेत पर्न सफल भएका थिए । सिनियर राष्ट्रिय टिममा डेब्यू भने उनले सन् २००६ मा नामिबियामा गरे।

उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन् । यस्तै ४५ टि–२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन् ।

footer