विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास घोषणा गरे

754
shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा संन्यास लिने घोषणा गरेका हुन् ।

२०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए । कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान नियुक्त गरेको थियो । तर उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटाएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएपछि क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाउने निर्णय गरेको थियो।

पछिल्लो पटक उनले आइसिसी एकदिवसीय छनोटमा आयरल्यान्ड विरूद्ध खेलेका थिए। जिम्बावेको हरारेमा भएको खेलमा उनी ७ रनमा आउट भएका थिए । कप्तानबाट हटेपछि उनले २ वर्ष राष्ट्रिय टिमबाट खेलेछन् । ज्ञानेन्द्र सन् २००५ मा नेपालको यू–१५ टिममा परेका थिए । त्यही वर्ष उनी नेपालको यू–१७ र यू–१९ टिममा मात्र परेनन् सिनियर टिममा समेत पर्न सफल भएका थिए । सिनियर राष्ट्रिय टिममा डेब्यू भने उनले सन् २००६ मा नामिबियामा गरे।

उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन् । यस्तै ४५ टि–२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports