kumari
stcnepal

आर्सनललाई एफए कम्युनिटी शिल्डको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीलाई टाईब्रेकरमा ४-१ ले पराजित गर्दै आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । उपाधिका लागि आर्सनलका गोलरक्षक आरोन राम्सडेल नायक बने। यस जितसँगै आर्सनलले सिजनको सुखद सुरुवात गरेको छ ।

सिटीका लागि भने यो खेल बिर्सन लायक बन्यो ।६४औं मिनेटमा हालान्डलाई प्रतिस्थापन गर्दै मैदान छिरेका युवा खेलाडी कोल पाल्मरका लागि व्यक्तिगत सफलता मिले पनि टिको पक्षमा नतिजा आएन । निर्धारित समयमा १-१ बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

कोल पाल्मरले खेलको दोस्रो हाफको ७७ ‍औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटसम्म खेल सिटीको पक्षमा थियो । इन्जुरी समयको ११औं मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्‍याए । ८ मिनेटको इन्जुरी समयमा पनि खेलाडी घाइते हुँदा खेलको इन्जुरी समय ११ मिनेटसम्म लम्ब्याइएको थियो । जसको फाइदा आर्सनलले उठायो ।

footer