विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आर्सनललाई एफए कम्युनिटी शिल्डको उपाधि

533
shares

काठमाडौं । म्यानचेस्टर सिटीलाई टाईब्रेकरमा ४-१ ले पराजित गर्दै आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । उपाधिका लागि आर्सनलका गोलरक्षक आरोन राम्सडेल नायक बने। यस जितसँगै आर्सनलले सिजनको सुखद सुरुवात गरेको छ ।

सिटीका लागि भने यो खेल बिर्सन लायक बन्यो ।६४औं मिनेटमा हालान्डलाई प्रतिस्थापन गर्दै मैदान छिरेका युवा खेलाडी कोल पाल्मरका लागि व्यक्तिगत सफलता मिले पनि टिको पक्षमा नतिजा आएन । निर्धारित समयमा १-१ बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

कोल पाल्मरले खेलको दोस्रो हाफको ७७ ‍औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटसम्म खेल सिटीको पक्षमा थियो । इन्जुरी समयको ११औं मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्‍याए । ८ मिनेटको इन्जुरी समयमा पनि खेलाडी घाइते हुँदा खेलको इन्जुरी समय ११ मिनेटसम्म लम्ब्याइएको थियो । जसको फाइदा आर्सनलले उठायो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports