kumari
stcnepal

म्यानचेस्टर सिटीको बर्नली माथि सहज जीत

म्यानचेस्टर । अर्लिङ हालान्डले आफ्नो गोल वर्षा जारी राखेपछि प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नली माथि सहज जीत हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी ३–० गोलले विजयी भएको हो ।

गत सिजन सिटीलाई लिग, एफए कप र च्याम्पियन्स लिगसहित ट्रेबल जिताउने क्रममा ५२ गोल गरेका नर्वेजियन खेलाडीलाई नयाँ सिजनमा गोल गर्न मात्र १८५ सेकण्ड लागेको थियो । ३६ औँ मिनेटमा उनले जुलियन अल्भारेजको पासमा टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन १५ मिनेट बाँकी छँदा रोड्रीले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।

खेलको अन्त्यमा बर्नलीका आनास जारोरीले रातो कार्ड पाएपछि बर्नली १० खेलाडीमा सीमित भएको थियो । यसअघि खेलमा केभिन डी ब्रयुना खेलको २३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।एजेन्सी

footer