विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

म्यानचेस्टर सिटीको बर्नली माथि सहज जीत

546
shares

म्यानचेस्टर । अर्लिङ हालान्डले आफ्नो गोल वर्षा जारी राखेपछि प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नली माथि सहज जीत हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी ३–० गोलले विजयी भएको हो ।

गत सिजन सिटीलाई लिग, एफए कप र च्याम्पियन्स लिगसहित ट्रेबल जिताउने क्रममा ५२ गोल गरेका नर्वेजियन खेलाडीलाई नयाँ सिजनमा गोल गर्न मात्र १८५ सेकण्ड लागेको थियो । ३६ औँ मिनेटमा उनले जुलियन अल्भारेजको पासमा टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन १५ मिनेट बाँकी छँदा रोड्रीले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।

खेलको अन्त्यमा बर्नलीका आनास जारोरीले रातो कार्ड पाएपछि बर्नली १० खेलाडीमा सीमित भएको थियो । यसअघि खेलमा केभिन डी ब्रयुना खेलको २३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।एजेन्सी

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports