kumari
stcnepal

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

 

काठमाडौँँ  । ग्लोबल आइएमई बैंकले ३ नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँ बजारमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको छ ।

बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ७,पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउपालिका वडा नं. २,सरदेवा र मोरङ जिल्लाको कटहरी गाँउपालिका वडा नं. ४,नयाँ बजारमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल,सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँ बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,रेमिट्यान्स सेवा लिने,DISH HOME/CDMA/UTL/NTCको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखा र हित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।

footer