kumari
stcnepal

यातायात व्यवसायीले उठाए मनपरी भाडा सरकार भने मौन किन ?

काठमाडौँ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारीको भाडा आजदेखि लागु भएको छ । मन्त्रालयले गत असोजमा कात्तिक एक गतेदेखि काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । मन्त्रालयले उपत्यकामा किलोमिटरका आधारमा भाडा बढाएको छ । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्दा न्यूनतम १८ रुपैयाँ भाडा तिर्नुपर्छ ।

यो भाडादर ५ किलोमिटरसम्मको दूरीमा लागू हुनेछ। त्यस्तै १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटसम्म ३० र २० किलोमिटर भन्दामाथि ३५ भाडादर कायम गरेको छ।बाग्मती प्रदेशमा १३ जिल्ला छन् । प्रदेश सरकारले उपत्यका बाहिरका हकमा भने साविकको भाडादरमा २३ प्रतिशतले वृद्धि गरेको छ।

भाडा बढाएको भएतापनि यातायात व्यवसायी संघले मनपरि भाडा असुलगर्दै आएका छन् । न्यूनतम भाडा १८ कायम गरीएता पनि यातायात व्यवसायिले न्यूनतम भाडा २० असुल उपर गर्दै आएका हुनाले यस तर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ ।

footer