kumari
stcnepal

एमाले र माओवादीलाई महाधिवेशनको चटारो

काठमाडौँ । मुलुकका ठूला राजनितिक दलहरुलाई अहिले महाधिवेशनको चटारो परेको छ । सत्ताधारी दल नेपाली कागे्रस, माओवादी केन्द्र, सघीय ससदको प्रमुख विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ आफ्नो महाधिवेशन गर्ने घोषणा गरी सकेका छन् । सत्ताको नेतृत्वकर्ता नेपाली काग्रेसले आउँदो मंसिर महिनामा १४ औँ महाधिवेशन गर्ने निर्णय गरीसकेको भएपनि सकृय सदस्यको विवादका कारण तोकिएको मितिमै महाधिवेशन हुनेमा अहिले आशंका उव्जिएको छ ।

संघीय सदस्यको प्रमुख विपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीको महाधिवेशन सम्पन्न गर्नका लागि वडा,गाउँ,टोल,नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । माओवादी केन्द्रले समेत महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । अव दशै समाप्त भएकाले यी दुवै पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रीत कार्यक्रमहरु तय गरेका छन् । नेकपा एमालेले सबै वडामा एकसाथ वडा अधिवेशन आयोजना गर्ने भएको छ । वडा अधिवेशनको लागि ७७ वटै जिल्ला कमिटीहरुको वैठक वस्ने भएको छ । यहि कात्र्तिक २ गते देखी जिल्ला कमिटीका बैठक वस्न थालेका हुनाले कात्र्तिक ६ गते वडा अधिवेशनका लागि जिल्लावाट प्रतिनिधि खटाउने भएको छ ।

पार्टीको वुटवलमा हुने महाधिवेशन अघि वडा, स्थानीय तह, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने भएको छ । कात्र्तिक ९ गते देशभरका ७५३ वटा स्थानीय तहमा अधिवेशन हुने भएको छ । अधिवेशनमा नेतृत्व चयनका लागि विधि र प्रकृयाका लागि केन्द्रले मापदण्ड पठाउने भएको छ । वडा र स्थानीय तहको अधिवेशनका लागि मापदण्ड केन्द्रले पठाउने र वाँकी प्रकृया जिल्ला कमिटीले विधाननुसार निर्णय गरी गाउँ र नगर पछि जिल्ला अधिवेशन गर्ने भएको छ ।

एमालेको विधान अनुसार वडा कमिटी विधानुसार सबै भन्दा तल्लो तहको कार्यकारी निकाय हो त्यो भन्दा तल प्रारम्भिक कमिटी रहेपनि कार्यकारी काम भने वडा कमिटीवाट मात्र हुन्छ । वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरु अधिवेशनवाट निर्वाचित हुन्छ त्यस्तो कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरीएको छ । एमालेको मंसिरमा वुटवलमा गर्ने भनिएको महाधिवेशनवाट पाँच वर्षका लागि नयाँ विधाननुसार एक अध्यक्ष ,एक वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष ,एक महासचिव, एक उपसचिव ७ सचिव सहित २२५ केन्द्रीय सदस्यको चयन गर्ने छ ?

footer