kumari
stcnepal

आज कैलाली र बर्दियाको बाढी प्रभावित क्षेत्रको भ्रमणमा गर्दै देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाको बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षण गर्दैछन् । प्राकृतिक प्रकोपबाट भएको क्षतिको निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम पुगेका देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावित क्षेत्रको भ्रमण गर्ने र पीडितलाई भेट्ने भएका हुन् ।

उनले बिहीबार डोटी, बैतडी, बझाङ र डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीले शुक्रबार कैलाली र बर्दियाको निरीक्षण भ्रमण गर्नेछन् । निरीक्षण सकेर प्रधानमन्त्री देउवा नेतृत्वको टोली दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन् ।

 

footer