kumari
stcnepal

जसपाभीत्र भाडभैलो यादव एक्लिदै

 

काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार पाँच दलिय गठवन्धनका नेता प्रधानमन्त्री शेरवहादुर देउवाले ८९ दिनपछि आफ्नो नेतृत्वको सरकारलाई पूर्णता दिएका भएपनि सरकारमा सहभागी भएको जनता समाजवादी पार्टीभीत्र भने भाडभैलो मच्चिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी भीत्र एकलौटी गरी आफ्ना आसेपासेहरुलाई मात्र मन्त्री वनाएको भन्दै केही सासदहरुले विरोध गरेका छन् । जसपाको केन्द्रीय समितिले सवै पक्षलाई मिलाएर मन्त्री वनाउने सहमति गरी त्यस्को जिम्मेवारी पार्टी अध्यक्ष यादव राष्ट्रिय परिषद अध्यक्ष डा. वावुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठलाई दिएकोमा श्रेष्ठ आफै मन्त्री बनेका र अन्य तिनजना यादव पक्षकालाई मात्र मन्त्री वनाईएको भन्दै पार्टीभीत्र व्यापक असन्तुष्ठी उव्जिएको छ ?

विद्रोही पक्षले पार्टीभीत्रैवाट अध्यक्ष यादवका विरुद्ध ठूलो कदम चल्ने चेतावनी समेत दिएका छन् । शेरवहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमालेका असन्तुष्ठ नेता माधव नेपाल र जसपाका अध्यक्ष महन्थ ठाकुरलाई पार्टी विभाजन गर्न सहजहोस् भनेर अध्यादेश ल्याएका थिए त्यही अध्यादेशका कारण नेकपा एमाले र जसपा विभाजित भएको थियो । अध्यादेश फिर्ता नभएको खण्डमा जसपा फेरि विभाजन हुन सक्ने भन्दै यादव र भट्टराईले अध्यादेश फिर्ता नभएसम्म जसपा सरकारमा सहभागी नहुने अडान लिएका हुनाले मन्त्रिपरिषदले पूर्णाता पाउन ढिलाई भएको थियो । अध्यादेश फिर्ता भएपछि मात्र देउवा सरकारले पूर्णता पाएको भएपनि जसपामा भने व्यापक असन्तुष्ठी जन्मिएको छ ।

विद्रोही पक्षमा कार्यकारी सदस्य एव् सासद मो इस्तीयाक,राई सासद प्रदीप यादव प्रमोद साह, अमृता अग्रहरी र मृग्रेन्द्र सिंह लगायतका नेताहरुले यादव विरुद्ध ठूलो कदम चाल्ने वताउदै आएका छन् भने जसपाको केन्द्रीय कार्यलयमा कार्यकर्ताहरुले अध्यक्ष यादवको पुत्ला समेत जलाएका छन् । अध्यक्ष यादवले आन्दोलनको मर्म विपरित कार्य गरेको आरोप अन्तुष्ट पक्षले लगाउदै आएका छन् । जसपा भीत्र व्यापक असन्तुष्ठी देखिएपछि त्यसलाई साम्य पार्न जसपालाई उपसभामुख दिन सत्ता सहभागी दलहरु सहमत भएका छन् । परमादेशवाट गठन भएको सरकारले जनताको भावना भन्दा पार्टीका नेताहरुको भावनालाई मात्र समेटेको हुनाले प्राय सवै दलमा असन्तुष्ठी जनाएको छ ।

 

footer