kumari
stcnepal

कस्तो रहला आजको मौसम ?

आज (आइतबार)देशभरको मौसम सामान्यतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहानै देखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको सम्भावना छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ।

footer