kumari
stcnepal

लागु होला त प्रधानन्यायाधिश राणाको प्रतिवद्धता

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सर्वोच्च अदालतमा मंगलबारदेखि परीक्षणका रुपमा गोलाप्रथाबाट पेशी तोक्ने बताएका छन् । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आज भएको भेटमा उनले पर्सि (मंगलबार) देखि केही मुद्दामा नमुनाको रुपमा गोला प्रथाबाट पेशी तोक्ने बताएका हुन् ।

अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो । तर प्रधानन्यायाधीशले गोला प्रथाबाट पेशी तोक्न आनाकानी गरेको भन्दै विरोध भइरहेको थियो ।

प्रधानन्यायाधीश जबराले सम्भवतः मंसिरदेखि अटोमेसनमा लैजाने बताएको जानकारी दिएका छन् । प्रधानन्यायाधिश राणा चौतर्फी रुपमा आलोचित भएपछि आफ्नो वचाउको लागि एक कदम पछि सर्न सक्ने सम्भावना समेत रहेको देखिन्छ ।

footer