kumari
stcnepal

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशबीच भेटवार्ता

 

काठमाडौँ ।सर्वोच्च अदालतको न्यायिक नेतृत्व सम्पूर्ण रूपमा असफल भएको ठहर गर्दै न्यायपालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेका १४ जना न्यायाधीश प्रधानन्यायाधीश राणासँगको छलफलपछि बाहिरिएका छन् । एक न्यायाधीशका अनुसार आजको छलफलपछि आफूहरू फेरि सामुहिक छलफलमा गरेर पछिल्ला विवादबारे छलफल गरिने निर्णय भएको वताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटवार्ता गरेपछि न्यायाधीशहरु पुनः सामूहिक छलफलमा जुटेका छन्।

प्रधानन्यायाधीशसँगको छलफलपछि हामी फेरि छलफलमा बसेका छौं’, एक न्यायाधीशले भने संवैधानिक निकायमा भागबण्डा लिने, ती विरूद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषदमा समेत भागबण्डा खोज्ने राणाका काम कारबाहीले समग्र न्यायपालिकालाई विवादित बनाएको भन्दै न्यायाधीशहरूले उनीबारे धारणा बनाउन यसअघिनै छलफल गरेका थिए।

न्यायाधिशहरुको छलफलकै कारण हिजो सर्वोच्चमा कुनै पनि इजलास बसेनन् । सर्वोच्चमा सोमबार २ सय १६ मुद्दाका लागि सात इजलास गठन भएका थिए । प्रधानन्यायाधीशलाई भेट्ने र फेरि छलफल गरेर आफ्ना धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेकाले आजको इजलास पनि प्रभावित भएको छ । अदालत भीत्रका टकरावल गर्दा सेवाग्राही भने पिडित हुदै गएका छन् ।

 

footer