kumari
stcnepal

गृहको सरुवा प्रधानमन्त्रीवाट वदर

 

काठमाडौं । काठमाडौमा निकै राम्रो काम गरेर चर्चा कमाएका काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई सरुवा गरिएकोमा सो निर्णय रातारात उल्टिएको छ । गृह मन्त्रालयले गरेको सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको स्रोतको दाबी छ ।

सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय मंगलबार भएको थियो । उनको स्थानमा केन्द्रीय अनुसन्धान व्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज सरुवा गरिएको थियो । आफ्नो सरुवा भएको सूचना पाएपछि सिंहले सरुवा रोक्न लबिइङ गरेका थिए ।

गृहमन्त्रालयका अधिकारीहरु भने सरुवाबारे अनिभिज्ञता प्रकट गर्छन् । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने काज सरुवा गर्ने निर्णय भएको पुष्टि गरे । उनले भने, ‘तर आज फेरि सरुवा कार्यान्वयन नगर्न आदेश आएको छ ।

काठमाडौं प्रहरी प्रमुखको रुपमा सिंहको एक वर्षे कार्यअवधि पूरा हुन चार हप्ता बाँकी थियो । सामान्यतया कुनै पनि प्रहरी कार्यालयको इञ्चार्जलाई कम्तिमा एक वर्षसम्म सरुवा गरिंदैन । गृहमन्त्री बालकृष्ण खाडले सिहलाई आफ्नो गृह जिल्लामा राजनितिक स्वार्थका लागि सरुवा गरेकोमा प्रधानमन्त्री देउवाले गृहमन्त्री खाडको निर्णयलाई बदर गरिदिएका हुन् ।

 

footer