kumari
stcnepal

पत्रकारलाई सर्वोच्च अदालत प्रवेशमा अवरोध

 

काठमाडौं । सर्वोच्च प्रशासनले पत्रकारहरुलाई अदालत प्रवेशमा अवरोध गरेको छ । प्रधानन्यायाधिशको आदेशमा त्यस्तो अवरोध गरिएको भन्ने चर्चा सर्वोच्च भीत्रै फलिएको छ ।

राजीनामाका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका बेला अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । सुरक्षाकर्मीहरुले कागजपत्र पुगेन वा यो परिचयपत्रले हुँदैन भनेर सञ्चारकर्मीहरुलाई अवरोध गर्ने गरेका छन् ।

केही पत्रकारहरुलाई प्रवेश दिइएको भएपनि पत्रकारहरुलाई आज बसेको एक मात्र प्रधानन्यायाधिश राणाको इजलासमा प्रवेश दिइएन । प्रधानन्यायाधीशको राजीनामा माग गर्ने न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका बेला जबराले आफ्नो एकल इजलासमा पाँच मुद्दामा सुनुवाइ गरेका थिए । तर सञ्चारकर्मीलाई प्रवेश दिइएन । यसरी प्रधानन्यायाधिश राणाले अन्य न्यायाधिशहरुमाथी दवाव सिर्जना गर्न आफु भने इजालासमा बसेका हुन् ।

 

footer