kumari
stcnepal

काठमाडौंको तिलगंगामा गोली चल्यो, एक जना घाइते बिस्तृत बिवरण आउन बाँकी

काठमाडौंको तिलगंगामा गोली चलेको छ । सोमवार बिहान करीब साढे ११ बजेको समयमा गोली चलेको हो । त्यसक्रममा घाइते भएका एक जनालाई सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमुद ढुंगेलले तिलगंगामा केही घटना भएको बताए । तर, घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहेको उनको दाबी छ ।घटनास्थलबाट एउटा पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ । कसले र किन गोली चलाएको हो भन्ने पुष्टि भएको छैन ।

footer