kumari
stcnepal

नेपाली क्रिकेट टोली आज स्वदेश फर्किदै

काठमाडौं । चीनबाट नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किंदै छ । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा सहभागी भएर नेपाली क्रिकेट टिम आज बिहान ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने भएको हो ।

एसियाडको पुरूष क्रिकेटमा नेपाली टिमले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । तर, अन्तिम ८ को खेलमा भारतसँग २३ रनले पराजित भएपछि एसियाडमा नेपाली टिमको यात्रा समाप्त भएको हो ।

footer