kumari
stcnepal

आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तान द्धारा नेदर्ल्यान्डस पराजित

आइसिसी विश्वकप क्रिकेट-२०२३ अन्तर्गत भारतको हैदरावादमा शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानले दिएको २८७ रनको लक्ष्य नेदरल्यान्ड्स ४१ ओभरमा सबै विकेट गुमाउँदै २०५ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि बास डि लिडले सर्वाधिक ६७ रनको योगदान दिए । उनले ६८ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ६७ रनको योगदान दिएका हुन् ।

त्यस्तै, विक्रमजित सिंहले ५२ रन बनाए । ६७ बल खेल्दै उनले चार चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिएका हुन् । त्यस्तै लोगान भान विकले अविजित २८ रन जोडे । बलिङतर्फ पाकिस्तानका हरिस राउफले तीन विकेट लिए । हसन अलिले दुई विकेट लिए भने शाहिन शाह अफ्रिदी, सादव खान तथा मोहम्मद नवाजले समान एक/एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै २८६ रनको योगफल बनाएको थियो । पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए । रिजवानले ७५ बलमा आठ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन् । त्यस्तै सकिलले ५२ बलमा नौ चौका र एक छक्काको मद्दतमा ६८ रन जोडे । त्यस्तै, मोहम्मद नवाज ३९ रन जोडे भने शादब खानले ३२, हरिस रौफले १६, इमाम उल हकले १५, शाहिन शाह अफ्रिदीले १३ रन बनाए । त्यस्तै कप्तान बाबर आजमले पाँच रन जोडे ।

बलिङतर्फ नेदरल्यान्ड्सका बास डि लिडले चार विकेट लिए भने कोलिन एकरम्यानले दुई विकेट लिए । त्यस्तै अर्यान दत्त, लोगन भान विक र पाउल भान मार्केनले समान एकरएक विकेट लिए । विश्वकपअन्तर्गत शनिबार दुई खेल हुनेछन् । जसमा पहिलो खेलमा बङ्गलादेश र अफगानिस्तानबीच खेल हुनेछ । त्यस्तै दोस्रो खेलमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।

footer