kumari
stcnepal

विश्वकप फुटवल: आज नेपाल र लाओस बीच खेल हुने

काठमाडौं । विश्वकप फुटबल २०२६ अन्तर्गत पहिलो चरणको छनोट खेलमा आज बिहीबार घरेलु टोली नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंशालामा हुने खेल साँझ साढे पाँच बजेबाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लाओसविरुद्ध खेलका लागि बुधबार २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।प्रशिक्षक एनेसेले लाओसविरुद्धको खेल आफनो लागि अवसर भएको बताउँदै टिममा रहेका नयाँ र ऊर्जावान युवाको सहभागिताले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन् ।

होम एण्ड अवेका आधारमा हुने उक्त छनोट खेलमा नेपालले लाओससँग दोस्रो खेल यही असोज ३० गते उसकै मैदानमा खेल्नेछ ।यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओस विरुद्धको खेलका लागि आफनो टोलीले राम्रो अभ्यास गरेको बताए । उनले विश्वकप छनोट चरणको खेललाई सफल बनाउन खेलप्रेमिहरुले साथ दिनुपर्ने उल्लेख गरे ।

नेपाली राष्ट्रिय फुटबल टोलीः

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की र अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ

मिडफिल्डरः एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट

footer