kumari
stcnepal

नेपाल र लाओस बीचको फुटवल खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

बाउफाचान बाओनकोङले पहिलो हाफको ३३ औँ मिनेटमा लाओसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै नेपालले बराबरी गोल फर्कायो । ४८ औँ मिनेटमा अञ्जन विष्टले नेपालका लागि गोल गरे । यो सँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझको १३ गोलको कीर्तिमान बराबरी समेत गरेका छन् । अब दोस्रो लेग खेल्न नेपाल लाओस जानेछ ।

footer