kumari
stcnepal

आगामी क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट नखेल्ने भन्दै सन्दीपले नाम फिर्ता लिने गरे घोषणा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी गराएका हुन् । सन्दीप माथि दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालतमा विचाराधीन छ । पटक-पटक विभिन्न बहानामा फैसला पेशी सर्दै आएकाले सन्दीप निराश छन् । आज तोकिएको पेशीमा पनि सुनवाइ हुन नसकेपछि सन्दीपले अप्रिय निर्णय लिएका हुन् ।

क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृखलाबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । उनले बिहीबार राती आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै नाम फिर्ता लिने निर्णय गरेको बताएका छन् । उनी लेख्छन्, `भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुन:जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म।’

नेपालले घरेलु मैदानमा युएई र हङकङसँग त्रिकोणात्मक सिरिज खेल्दै छ । आगामी कात्तिक १ गतेबाट सुरु हुने उक्त सिरिजमा सन्दीप अनुपस्थित रहने भएका छन् ।

footer