kumari
stcnepal

न्यायाधिशको विरोधका वीच प्रधानन्यायाधिश राणाले तोके इजलास

काठमाडौँ । विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजको लागि सर्वोच्च अदालतमा १२ वटा इजलास तोकेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले दुई वटा इजलास आफूसँग राखेर पेशी तोकेका हुन् । उनले आफ्नो एकल पूर्ण इजलासमा २ वटा मुद्दाको पेशी तोेकेका छन् ।

त्यसैगरी, प्रधानन्यायाधीश जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त पूर्ण इजलासमा १४ वटा मुद्दाको पेशी तोकिएको छ ।
प्रधानन्यायाधीश जबराले आफ्नो एकल पूर्ण इजलासमा राखेको दुई वटा उत्प्रेषणका मुद्दा छन् ।

एउटा महान्यायाधिवक्ताको कार्यालय काठमाडौं पक्ष र चितवन जिल्ला अदालत विपक्ष रहेको मुद्दा छ भने अर्को चाहिँ भेषराज लोहनी पक्ष र उच्च अदालत पाटन विपक्ष रहेको मुद्दा जबराले आफ्नो इजलासमा राखेका छन् ।

footer