kumari
stcnepal

१ सय २८ बर्षपछि ओलम्पिकमा पुन : क्रिकेट खेल समावेश हुने

काठमाडौं । ओलम्पिक खेलकुदमा अब पुनः क्रिकेट समावेश हुने भएको छ । भारतको मुम्बईमा सोमबार भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १४१औं सत्रमा क्रिकेटसहित ५ खेल ओलम्पिकमा समावेश गराउने निर्णय भएको हो ।

सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटसहित बेसबल÷सफ्टबल, फ्ल्याग फुटबल, सिक्सेज र स्क्वास पनि समावेश गरिएको छ । ओलम्पिकमा ट्वान्टी–२० फर्म्याटमा क्रिकेट प्रतियोगिता हुने भएको हो । ओलम्पिकमा करिब १२० वर्षपछि क्रिकेट खेल पुनः समावेश गर्ने निर्णय गरिएको हो । यसअघि सन् १९०० मा पेरिसमा भएको ओलम्पिकमा क्रिकेटमा फ्रान्स र बेलायत सहभागी भएका थिए ।

हालै चीनमा भएको एसियाली खेलकुदमा पुरुष र महिलातर्फ ट्वान्टी–२० क्रिकेट समावेश गरिएको थियो । त्यसअघि सन् २०१० र २०१४ को एसियाली खेलकुदमा पनि क्रिकेट समावेश थियो ।

footer