kumari
stcnepal

यू-१९ प्रिमियर कप : नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबिया सँग खेल्दै

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबिया सँग खेल्दैछ । खेल युएसडी-युकेएम ओभलमा नेपालले साउदी विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । साउदीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई/दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ । यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ ।

हाल भइरहेको यू-१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ । त्यसैले देव खनालको कप्तानीमा रहेको नेपाली टोली लगातार तेस्रो खेल जित्नै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।

यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू-१९ एसिया कपमा छनोट हुनेछन् । मलेसिया जानुअघि नै नेपालले यू-१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ ।

footer