kumari
stcnepal

राजनितिक नेतृत्वकै कारण सर्वोच्चमा समस्या

काठमाडौँ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आएको नेपाल वारले आफ्नो पहिलो चरणको कार्यक्रम आज समाप्त भएको र तिहारको विदापछि आउँदो आइतवार नयाँ थप कार्यक्रम घोषणा गर्ने बताएको छ । नेपालबारको संयोजनमा सर्वोच्च अदालत परिषद धर्ना र विरोधका कार्यक्रम गरेको भएपनि प्रधानन्यायाधिश राणाले राजीनामा दिने संकेत नगरेपछि नेपाल बार आक्रमक रुपमा आन्दोलनमा थप कार्यक्रम लिएर उत्रिन लागेको हो ।

आज बारले आयोजना गरेको कार्यक्रममा नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधिशको राजीनामाको माग गर्दै बार न्यायालयकोे सुधारका लागि लागिपरेको बताएकी थिईन् । न्यायालयमा शुद्धिकरणको अभियानमा प्रधानन्यायाधिश राणाले नै अवरोध गरेको उनको आरोप थियो ।
बारका अर्का उपाध्यक्ष मानवहादुर रुम्जाली (राई)ले पनि प्रधानन्यायाधिश राणाको राजीनामा नै बारको बटमलाईन रहेको स्वतन्त्र

न्यायापालिका र जवाफदेहिता आफुहरुले खोजेको बताएका थिए । सोही कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ अधिवक्ता गान्धी पण्डितले समग्र न्याय सुधारका लागि प्रधानन्यायाधिशले राजीनामा दिनुपर्ने बताउदै अहिले विस्फोटन भयो । सघर्ष पहिला देखिकै हो भन्दै प्रधानन्यायाधिश राणालाई नहटाउने हो भने पछि आउने प्रधान्यायाधिशमा पनि समस्या पर्ने भन्दै राजनितिक नेतृत्व कै कारण अहिलेको अबस्था आएको वताएका थिए । इलास वहिष्कार गरेका न्यायाधिशसगको सहमतिमा बन्दी प्रत्यक्षीकरणका मुद्धामात्र आज पेशी चढाइएकोले आज न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्धामा सुनुवाई गरेका छन् ।

footer