kumari
stcnepal

आईसीसीले छान्यो विश्वकप टीम ११, भारतका ६ खेलाडी हुँदा अष्ट्रेलियाका २, अन्यका को को ?

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार सम्पन्न एक दिवसीय विश्वकपको टीम ११ सार्वजनिक गरेको छ ।

पाँच देशका खेलाडीले स्थान बनाएको टीममा विश्वकप विजेता अस्ट्रेलियाका कप्तान प्याट कुमिन्स समावेश छैनन् । अस्ट्रेलियाका दुई जना खेलाडीमात्र छन् । उपविजेता भारतका भने ६ जना खेलाडीले स्थान बनाएका छन् ।

दक्षिण अफ्रिका, न्युजिल्यान्ड र श्रीलंकाका एकएक खेलाडी छन् । रोहित शर्माको कप्तानीमा रहेको टोलीमा भारतकै केएल राहुल, रवीन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद सामी र विराट कोहली छन् ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र एडम जाम्पा तथा दक्षिण अफ्रिकाका क्विन्टन डी कक, न्युजिल्यान्डका ड्यारिल मिचेल र श्रीलंकाका दिल्सान मदुसान्काले टीममा स्थान बनाएका छन् ।

footer