kumari
stcnepal

गौरीघाटमा छठको रमझम सुरु

 

काठमाडौँ । तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी शुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण शुरु भएको छ ।

गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको छ ।

यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । छठ पर्वको तयारीस्वरूप कात्तिक २० गते शनिबारको वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो ।एउटा छठ घाटमा पूजाका लागि एक हजार १०० रुपैयाँ शुल्क तोकिएको छ । गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो ।

footer