kumari
stcnepal

देशभरमै चिसो बढ्यो, काठमाडौंको तापक्रम ५ डिग्री

काठमाडौं । तापक्रम घटेसँगै देशभर चिसो बढेको छ । आज (बुधबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै कम भएको छ। न्यूनतम तापक्रम कम हुँदा बिहान कठ्यांग्रिँदो चिसो छ।

मौसम पूर्वानुमान महाशाखका मौसमविद् सरोज पुडासैनीका अनुसार उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो। आज त्यसभन्दा पनि तल झरेको हो। पुडासैनीका अनुसार बुधबार बिहान काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली रहेको छ ।

आज उपत्यकाको मौसम दिनभर आंशिक बदली नै रहने अनुमान गरिएको मौसमविद् पुडासैनीले जानकारी दिए ।

footer