kumari
stcnepal

आजदेखि ई–पासपोर्टको सुरुवात

 

काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्न सुरु गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्दैछन् ।ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा रहेको छ ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । अब ई–पासपोर्ट वितरण सुरु हुने विभागका प्रवक्ता शरदराज आरणले जानकारी दिएका छन् ।
वि

भागले मंसिर १ गतेदेखि आंशिक रुपमा शुरु हुने ई–पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको प्रवक्ता शरदराज आरणले जानकारी दिए । ‘शुरुआतका केही दिन हामी दैनिक सीमित मात्रै ई–पासपोर्ट वितरण गर्छौं,’ प्रवक्ता आरणले भने, ‘पूर्ण रुपमा ई–पासपोर्ट वितरण नभइन्जेल विभागले अत्यावश्यक परेर वा स्वेच्छिक रुपमा बनाउन चाहानेलाई एमआरपी पनि वितरण पनि गरिरहन्छ ।’

footer