kumari
stcnepal

नेपाल बारमा श्रेष्ठसहित १२ जना घाइते

काठमाडौं । प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिएका छन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालत परिसरमा आज प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले  बल आज प्रयोग गरेको छ । बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लगिएको छ ।

 

footer