kumari
stcnepal

आज पनि सर्वोच्चमा वकिल र प्रहरीबीच मुक्कामुक्की

 

काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच मुक्कामुक्की भएको छ । मुक्कामा वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् ।

कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच मुक्का मुक्की भएको हो । एकछिनको मुक्कामुक्की पछि वकिलहरू सर्वोच्चभित्र छिरेर धर्नामा बसेका छन् ।

आन्दोलनरत वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् । प्रहरीले सर्वोच्च परिषदममा जान रोके पनि कानुन व्यवसायीहरु सर्वोच्च परिषदमा छिरेर धर्नामा वसिरहेकाक छन् ।

 

footer