kumari
stcnepal

आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने

 

काठमाडौँ । आजदेखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय गरेको परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाले जनाएको छ ।

काठमाडौं र ललितपुरमा कोरोना विरुद्धको फाइजर खोप बालबालिकालाई दिन सुरु गरिएको हो ।मौज्दात रहेको खोप करिब २८ सय बालबालिकालाई दिइने छ । सरकारले दीर्घ रोगीलाई खोप लगाएर बचत भएपछि स्वस्थ बालबालिकालाई खोप दिने निर्णय गरेको हो ।

फाइजर खोप पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने खोप शाखाले बताएको छ ।

footer