kumari
stcnepal

कानुन व्यवसायिले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको समेत आज (मंसिर ५ गते )राजीनामा मागेका छन् ।

सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका छन् ।
आजको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका थिए ।

२ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।
यसअघि सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बार एशोसिएसनको परिसरमा कोणसभा गर्दै आएका कानून व्यवसायीले आज भने सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् ।

आज मुलुकभरकै सबै अदालतमा १० बजे देखि १२ बजेसम्म धर्ना र विरोधका कार्यक्रम भएका छन् भने कानुन व्यवसायि र सर्वोच्चका न्यायाधिशहरुले वन्दीप्रत्यक्षीकरणका बाहेकका मुद्धा नहेर्ने भएका छन् ।

footer