kumari
stcnepal

हतियार सहितका सुरक्षाकर्मी सर्वोच्चबाट हटाइयो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आज पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।

यता बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ ।

एसएलआरजस्ता अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाएको छ ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको लगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ ।

कानुनी व्यवसायिहरुले हिजो मात्र अदालतमा हतियार सहितका सुरक्षमकर्मी तैनाथ गरीएको भन्दै गृहमन्त्री बालकृष्णा खाडँका राजीनामा माग गरेका थिए । त्यही कारण आजवाट अदलतमा हतियार सहितका सुरक्षाकर्मी हटाईएको हो ।

footer