kumari
stcnepal

नेपाल र क्यानडा बीचको अन्तिम खेल आज हुने

काठमाडौं । नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो। यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ ।

पछिल्लो समय व्यस्त देखिएको नेपाली टोलीले यो सिरिज सके लगत्तै घरेलु मैदानमा नै नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ । उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ। त्रिकोणात्मक एकदिवसीय शृंखला सकिए लगत्तै यी तीन टोली बिच टी–२० शृङ्खला हुनेछ। यो खेल फागुन १५ देखि २२ सम्म चल्नेछ ।

footer