kumari
stcnepal

कांग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि माओवादीलाई नेतृत्व दिएका छौँ : कांग्रेस

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले गठबन्धनलाई फलदायी बनाउन निरन्तर लागिपरेको जिकिर गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक नभएको टिप्पणी गरेपछि कांग्रेसले यस्तो बताएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि माओवादीलाई सरकारको नेतृत्व दिएको भन्दै उसका लागि गठबन्धन लाभदायक नै भएको बताए । ‘हामीले गठबन्धन फलदायी बनाएकै छौँ । कांग्रेस सबैभन्दा ठुलो पार्टी भएर पनि माओवादीलाई नेतृत्व दिएका छौँ,’ उनले भने । कांग्रेस माओवादीसँगको सहमति र सम्झौता अनुसार अगाडि बढिरहेको भन्दै उनले गठबन्धन कहाँनिर अनकम्फर्टेबल भयो भनेर प्रश्नसमेत गरे ।

‘माओवादीसँगको हाम्रो सहमति सम्झौता अनुसार नै अगाडि बढिराखेका छौँ । अगाडि बढ्न तयार छौँ । माओवादीलाई कहाँनिर गठबन्धन अनकम्फर्टेबल भयो ? बसेर छलफल गरौँला,’ लेखकले  भने । सोमबार पार्टी केन्द्रीय समिति बैठकमा सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए । ‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, प्रचण्डको भनाइ थियो ।

footer