kumari
stcnepal

आज राणा विरुद्ध बालुवाटरसम्म मार्च

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै वृहत् नागरिक आन्दोलन र नेपाल बारसहित आठवटा पेसागत संगठनले संयुक्त ¥याली गर्ने भएका छन् । आज (बिहीबार) दिउँसो २ बजे उनीहरूको ¥याली सर्वोच्च अदालतबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्ने छ ।आदिवासी जनजाति महासंघ लगायत सहभागी हुने छन् ।

प्रधानन्यायाधीश जबरामाथि न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भाग बण्डामा समेत मुछिएको लगायतका आरोप लाग्दै आएको छ । तर राजनीतिक दलका नेताहरू यस विषयमा मौन बसेका छन् ।

राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराउन पनि आज बालुवाटार मार्च आयोजना गरिएको पेशागत संगठनका अगुवाहरुले बताएका छन् ।
एक महिना अघिदेखि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुले उनको राजीनामालाई बटमलाइन बनाएका छन् । सर्वोच्चका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका छन् ।

footer