kumari
stcnepal

निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने

काठमाडौँ । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने भएको छ । बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ गरिएकाहरुलाई मुद्दा चलाइने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले  बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्री भन्छन्,‘अराज गतिविधिमा संलग्नहरुविरुद्ध मुद्दा चल्छ, अहिले छनोट गर्ने काम भइरहेको छ ।’ संवेदनशील क्षेत्रमा प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेहरुलाई पहिचान गरेर पक्राउ परेका मध्ये केहीलाई मात्र छाड्ने प्रहरीको तयारी छ । उनीहरु विरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले मुलुकी अपराध संहिता–२०७४ अनुसार सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद लिने भएको छ ।

घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

footer