kumari
stcnepal

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड सँग खेल्दै

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ ।

नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ । नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल आज बदला लिने योजनामा हुनेछ ।

नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।यसअघि हिजोको खेलमा करण केसीको उत्कृष्ट बलिङमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ ।

footer