kumari
stcnepal

टी २० क्रिकेटमा आज फाइनलमा पुग्न नेदरल्याण्ड्स र नामिबिया बीचको खेल हुदै

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा आज नामिबिया र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ः३० देखि कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजको खेलमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । फाइनलमा पुग्ने टीमले नेपाल सँग खेल्नेछ । नेपाल शनिबार नेदरल्याण्ड्सलाई ६ विकेटले हराएर फाइनलमा पुगिसकेकाे छ । नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ । रन रेटका आधारमा नेदरल्याण्ड्स पहिलाे स्थानमा छ भने नेपाल दाेस्राे स्थानमा छ ।

३ खेलमा १ जित हात पारेको नामिबिया अङ्क तालिकाको पुछारमा छ । आजको खेल हेर्नको लागि क्यानले नि:शुल्क गरिएको छ।

footer